काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दोस्रो टी २० क्रिकेटमा इंग्ल्यान्ड विरुद्ध ७३ रन प्रहार गरेका छन् ।
कोहलीले ४९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७३ रन प्रहार गरेका हुन् ।
अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले १७.५ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । भारतले इंग्ल्यान्डलाई सहजै पराजित गर्दै पाँच खेलको सिरिजमा १(१ को बराबरी गरेको छ
कोहलीले ७३ रन बनाएसंगै टी२० मा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनलाई उक्त नयाँ रेकर्ड बनाउँन ७२ रनको जरुरत रहेको थियो । विराटले ८७ खेलमा ३ हजार १ रन बनाएका छन् ।
प्रतिक्रिया