स्पेनिस ला लिगा फुटबलमा सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४( १ गोलको अन्तरले हराएको हो।
घरेलु मैदानमा लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे।
मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता २(० को बन्यो।
पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २(१ को स्थितिमा ल्याए। खेलको ५३औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनाको अग्रता ३(१ को बनाए।
त्यसपछि खेलको ९०औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४(१ को जित दिलाए।
यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ। हुयस्का २० अंक जोडेर पुछारमा रहेको छ।
प्रतिक्रिया