टी–२० : भारतविरुद्ध  इंग्ल्यान्ड ८ विकेटले विजयी

बुधबार, ०४ चैत्र २०७७, १४ : ३०

काठमाडौं- भारतविरुद्धको तेस्रो टी–२० मा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । 
 
मंगलबार राति भएको खेलमा भारतले दिएको १ सय ५७ रनको लक्ष्य २ विकेटको क्षतिमा पुरा गर्दै ८ विकेटको सहज जित हासिल गरेको हो ।

इंग्ल्यान्डको जितमा जोस बट्लर र जोनी बेइस्ट्रोले नटआउट ८३ र ४० रनको योगदान दिए । यस्तै, डेविड मलानले १८ तथा ज्यासन रोयले ९ रन जोडे । यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो ।
 

बुधबार, ०४ चैत्र २०७७, १४ : ३०

प्रतिक्रिया