आज हुने खेलमा चेल्सी र एट्लेटिको मड्रिड भिड्दै

बुधबार, ०४ चैत्र २०७७, १८ : २५

काठमाडौं- च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज चेल्सी र एट्लेटिको मड्रिड भिड्दै छन् ।

चेल्सीको घरेलु मैदानमा खेल राति १:४५ बजे शुरु हुनेछ ।

पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न चेल्सीलाई अब बराबरीले पुग्नेछ ।

यता, एट्लेटिकोलाई अर्को चरणमा पुग्न दुई भन्दा बढीको गोल अन्तरको जित निकाल्नुपर्ने दबाब रहेको छ ।

स्पेनिस ला लिगामा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चेल्सीविरुद्ध एट्लेटिको उच्च आत्मबलका साथ मैदान उत्रने छ ।

बुधबार, ०४ चैत्र २०७७, १८ : २५

प्रतिक्रिया