काठमाडौं- इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई २–० ले पराजित गरेसँगै समग्रमा ३–० को जीत हात पार्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बुधबार रातीको खेलमा घरेलु टिम चेल्सीलाई खेलको ३४ औं मिनेटमा हाकिम जियच र इमर्सन पालमिरीले गोल गरे ।
खेलको ८१ औं मिनेटमा स्टेफन साभिकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित बन्यो ।
क्वाटरफाइनलमा चेल्सी, बायर्नसँगै, बोरुसिया डोर्टमुन्ड, पोर्टो, पिएसजी, लिभरपुल, रियल मड्रिड, म्यानचेस्टर सिटी र चेल्सी पुगेका छन् । युभेन्टस, सेभिया, बार्सिलोना, लाइपजिग, एटलान्टा, मोन्चेनग्लादबाख, लाजियो र एथ्लेटिको मड्रिड भने अन्तिम १६ बाटै बाहिरिएका छन् ।
प्रतिक्रिया