एजेन्सी। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलको क्वाटरफाइनलमा यात्रा तय गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को जपतसहित युनाइटेडले क्वाटरफाइनको यात्रा तय गरेको हो ।
पहिलो लिगमा युनाइटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा पोग्बाले गोल गरेका थिए । त्यही गोल नै युनाइटेडका लागि निर्णायक बनेको हो ।
प्रतिक्रिया