एजेन्सी - भारत र इंग्ल्याण्डबीचको पाँचौं तथा निर्णायक टी-२० क्रिकेट प्रतियोगिता आज हुँदै छ । खेल बेलुका सवा सात बजे नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा सुरु हुनेछ ।
५ टी-२० मयाचको सिरिजमा दुवै टिमले दुई दुई खेल जित्दै सिरिज अहिले बराबरीको अवस्थमा छ । आजको टी-२० जित्ने टिमले सिरिज कव्जा गर्ने छ ।
आजको टी-२० पछि भारत र इंग्ल्याण्डबीचको एक दिवसीय क्रिकेट पुणेमा आयोजना हुने छ ।
कोरोना महामारी भारतमा बढ्दै गएकाले इंग्ल्याण्ड र भारतबीचको खेल अहिले बन्द रंगशालामा आयोजना गरिएको छ ।
प्रतिक्रिया