सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज २ खेल, को-को भिड्दै छन् ?

आइतबार, ०८ चैत्र २०७७, १० : ४१

काठमाडौं - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा रहेका चर्च र स्वयम्भुबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा झापा एफसी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

झापा र समाजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । 

आइतबार, ०८ चैत्र २०७७, १० : ४१

प्रतिक्रिया