रियलमीले ‘५जी’ मा छलाङ मार्दै र Alot(कृत्रिम बौद्धिकता उपकरण) क्षेत्रको संरचनामा परिवर्तन ल्याउँदै

३ बर्ष अगाडि

काठमाडौं— विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले नेपालमा ‘५जी’ नेटवर्कमा छलाङ मार्ने गरी विस्तार र AloTमार्फत कृत्रिम बौद्धिकताको क्षेत्रमा परम्परागत स्थापित मान्यतालाई तोड्दै प्रविधिगत सौन्दर्य थप गर्ने गरी विविध परिवर्तन गर्ने भएको छ । रियलमीले दैनिक आवश्यकतालाई एकै थलोमा जोड्ने गरी स्मार्टफोनका साथ सम्पूर्ण प्रकारको अडियो, वेयरेबल (धारणीय उपकरण) र स्मार्ट टिभी यसै वर्ष देशभरका ग्राहकहरूमाझ पु¥याउने लक्ष्य राखेको छ । 

‘चुनौतीदेखि उन्नति’ सम्मको नारालाई अझ व्यापक गर्ने गरी नेपालमा स्मार्ट फोनको क्षेत्रमा अहिलेको उपलब्धतालाई व्यापक बनाउने गरी रियलमीले स्मार्टफोन ग्राहकको शीर्षस्थानमा आफूलाई उभ्याउने लक्ष्य लिएको छ ।१+४+न (1+4+N)उत्पादन रणनीति, बजारमा उत्कृष्ट प्रविधिको विकास र युवा पुस्तालाई सशक्तिकरण गर्ने महत्वकांक्षी योजनाका साथ रियलमी अघि बढिरहेको छ ।

AloT(कृत्रिमबौद्धिकता उपकरण)

रियलमी अडियो, वेयरेबल (धारणीय उपकरण)र स्मार्टफोनका क्षेत्रमा स्थापित भइसकेको उत्पादन हो । नयाँप्रविधिको उपलब्धतामा नेतृत्वदायी कम्पनीका रुपमा चिनिएको यसका उत्पादनलाई ग्राहकहरुले रुचाएको अवगत नै छ । आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा रियलमीका दुई उत्पादनहरू रियलमी बड्सएयर (Buds Air) र रियलमी घडी (Watch S), अडियो र वेयरेबल (धारणीय उपकरण) क्षेत्रमा लोकप्रिय र  निकै सहुलियत दरमा उपलब्ध छन्, जसमा थुप्रै विशिष्ट विशेषता रहेका छन् ।

१+४+न (1+4+N) रणनीति

उत्कृष्ट र उत्तम प्रविधिका साथ युवा पुस्तालाई सशक्तिकरण गर्ने महत्वकांक्षी योजनाका साथ रियलमीले उत्पादनका  रणनीति लिएको छ । जसमा ‘१’(1) ले स्मार्टफोनको उत्पादनको महत्वपूर्ण भाग जनाउँछ । यसमा नेपालीबजारमा उपलब्ध ‘सी’ सिरिज र ‘नम्बर’ सिरिजका फोन समावेश गरिएको छ । रियलमी स्मार्टफोनमा ‘लिङ्कएप’ (Link App) इन्स्टल गरी रियलमीका AloT उत्पादनलाई वस्थापनका साथै नियन्त्रण गर्न सकिन्छ ।

यसैगरी दोस्रोमा रहेको ‘४’ (4)ले मुख्य ४ विषयलाई दर्शाउँछ । प्राय उपयोग हुने उपकरणहरु एयरफोन, स्मार्ट घडी, स्मार्ट स्पिकर र स्मार्ट टिभी जसले ‘भ्वाइस एसिस्टेन्ट फिचर’ को समर्थन गर्छन् भने यिनले अन्य कृत्रिम बौद्धिक ब्क्ष्यत् उत्पादनहरुलाई नियन्त्रण गर्न सक्ने गरी निर्माण गरिएको छ ।  यो केन्द्रित प्रविधिले थप स्मार्ट र सुविधाजन्य अनुभूति प्रदान गर्दछ ।
 
यत्तिकैमा रियलमीले आफ्नो आविस्कार रोक्दैन, यसैकारण (N)  रणनीति पनि कम्पनीले लिएको छ, जसले उत्पादनका अनिश्चित संख्याको प्रतिनिधित्व गर्छ । विद्युतीय टुथब्रस, स्मार्ट स्केल, प्रोजेक्टर, प्लग, कार चार्जरका साथै उत्पादनहरुको निरन्तर बढ्दो क्रममा उत्पादन रणनीति लिइएको छ, जुन व्यक्तिगत, घर परिवार र यादगार यात्राका लागि आवश्यक प्रविधिको सहज उपलब्धताका रुपमा महत्वपूर्ण हुनसक्छ । 

यिनै रणनीतिका साथ रियलमीले यसै वर्ष नेपालमा केही रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सबैमा '5G"नेटवर्कको लक्ष्य

२०२० को शुरुमै रियलमले सटिक र स्पष्ट भिजनका साथ अत्यधुनिक प्रविधि र ट्रेन्डसेट डिजाइनका लागि नेपालमा '5G'(फाइभजी) नेटवर्कको उपलब्धता गराउने लक्ष्य निर्धारण गरेको थियो । सोही लक्ष्य अनुसार उच्चमध्यम र फैलगशिप सेग्मेन्टका दुबै स्मार्टफोनमा विस्तृत श्रृङ्खलाको ‘छन्’ नेटवर्क सार्वजनिक गरेको रियलमीले अब मध्यम रेन्जका स्मार्टफोनमा ‘छन्’ नेटवर्क उपलब्ध गराउने भएको छ । 

‘रियलमी७’ स्मार्टफोन मार्फत विश्वभर एकैसाथ ‘छन्’ नेटवर्क सार्वजनिक गरी ३०० डलरभन्दा कम मूल्यका स्मार्टफोनमा ‘छन्’ नेटवर्क सार्वजनिक गर्ने पहिलो कम्पनीका रुपमा कम्पनीले आफूलाई उभाइसकेको छ । प्रतिष्ठित मोबाइल अधिकारी ‘जीएसएम एरेना’ले ‘रियलमी७’ मा ‘छन्’ नेटवर्क राखे पछि मध्य रेन्ज अलराउन्डरमा ‘छन्’ प्रवेश गराउने पहिलो कम्पनीका रुपमा रियलमीलाई मूल्यांकन गरेको छ ।

‘छन्’ नेटवर्क केबल उच्च मूल्यका मोबाइल फोनको मात्र विशेषाधिकार होइन भन्नेमा रियलमी विश्वास गर्दछ । कम्पनीले उन्नतप्रविधि र ‘छन्’ नेटवर्क सबैको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ ।
थ्प जानकारीका लागि : www.realme.com

कम्पनीको बारेमा

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीलेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पुगाउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोन मध्ये ७औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता ५० करोड नाघेका छन् । कम्पनीका संसारभर चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ३० वटा ठूला बजार रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया