मेस्सीद्वारा जावीको कीर्तिमान भंग, शानदार जित सँगै बार्सिलोना उक्लियो दोस्रो स्थानमा

सोमबार, ०९ चैत्र २०७७, ०७ : ४७

एजेन्सी - स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । 

साथै लियोनल मेस्सी बार्सिलोनाबाट सर्वाधिक खेलमा सहभागी हुने खेलाडी बनेका छन् । उनले जावीको कीर्तिमान भंग गरेका हुन् ।

कीर्तिमानी ७६८ औँ खेलमा सहभागी भएका मेस्सीले आइतबार राति ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेका हुन् ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेस्सीले ५६ र ८९ औँ मिनेटमा गोल गरेका हुन् । ३७ औँ मिनेटमा एन्टोनी ग्रिजम्यान, ४३ र ५३ औँ मिनेटमा सर्जिनो डेस्ट तथा ७१ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल गरेका हुन् । रियल सोसिडाडका लागि बारेनेटक्सले ७७ औँ मिनेटमा एक गोल फर्काए ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले २८ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट शीर्षस्थानको एट्लेटिको मड्रिडको ६६ अंक छ । 

सोमबार, ०९ चैत्र २०७७, ०७ : ४७

प्रतिक्रिया