अब १३ वर्ष मुनिका बालबालिकाका लागि नयाँ भर्जनको इन्स्टाग्राम

३ बर्ष अगाडि

एजेन्सी - १३ वर्ष भन्दा मुनिका बालबालिकाका लागि फेसबुकले आफ्नो फोटो शेयरिङ एप, ‘इन्स्टाग्राम’ को नयाँ भर्जन निर्माण गरिरहेको बताइएको छ । 

आगामी पीढीका इन्टरनेट प्रयोगकर्ताका लागि भनेर फेसबुकले आफ्नो लोकप्रिय एपको नयाँ भर्जन निर्माण गर्न लागेको हो । यसबारे कम्पनीले बिहिबार घोषणा गरे पनि सयको सार्वजनिक भने भएको छैन । 

इन्स्टाग्राममा अहिले प्रयोगकर्ताहरुले १३ वर्षको उमेर पार गरेको हुनैपर्ने नीति रहेको छ । फेसबुकले इन्स्टाग्रामलाई दश वर्ष अगाडि १ अर्ब डलरमा खरिद गरेको थियो जुन अहिलेका युवा पीढीहरुमाझ सबैभन्दा चर्चित सामाजिक संजाल प्लेटफर्म बन्न पुगेको छ । 

अर्कोतर्फ कम्पनीको मुख्य एप, फेसबुकको प्रयोग चाहिँ पछिल्ला केही वर्ष युवाहरुमा घट्दो रहेको पाइएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया