७३ करोडको सफ्टवेयर विदेशबाट किन्दा ९ लाखको निर्यात

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट ४ वटा सफ्टवेयर निर्यात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार सफ्टवेयर नेपालबाट जापानमा निर्यात भएको छ । चालु आर्थिक वर्षको फागुन महिना सम्ममा नेपालबाट जापानमा ९ लाख १३ हजार ८१९ रुपैयाँ बराबरकाे ४ वटा सफ्टवेयर निर्यात भएको हो ।
 
यस्तै सोही अवधिमा विभिन्न देशहरूबाट ७३ करोड १३ लाख ३८ हजार रुपैयाँको ४ वटा सफ्टवेयर नेपाल भित्रिएको छ । 

अष्ट्रेलिया, चाइना, जर्मन, भारत र अमेरिकाबाट उक्त मूल्य बराबरको सफ्टवेयर आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया