आईसीसी वरियतामा सन्दिपको स्थान सुधार, पारस खड्का यथावत   !

बुधबार, ११ चैत्र २०७७, १८ : ०४

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बरियतामा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको स्थान सुधार भएको छ। आइसीसीले सार्वजनिक गरेको टी–२० को नयाँ बरियतामा सन्दिपकोे एक स्थान सुधार भएको हो । 

यसअघि ८३ औं स्थानमा रहेका सन्दिप एक स्थान सुधार गर्दै ८२ औं स्थानमा रहेका छन्। उनको  
टी २० मा उच्चतम बरियता ५८ औं स्थान रहेको  सन्दिपको रेटिङ तीन सय ८९ रहेको छ ।

यस्तै  ब्याटिङ तर्फ पारस खड्का ७१ औं स्थानमा यथावत रहेका छन् ।

टी–२० को विश्व बरियताको ब्याटिङ्तर्फ  इंग्ल्याण्डका डेविड मालान यथावत पहिलो स्थानमा रहेका छन् भने  दोस्रो स्थानमा आरोन फिन्च रहेका छन् ।

बुधबार, ११ चैत्र २०७७, १८ : ०४

प्रतिक्रिया