विश्वकप छनोट : साविकको विजेता फ्रान्स बराबरीमा रोकियो

विहीबार, १२ चैत्र २०७७, १० : ०१

एजेन्सी - विश्वकप फुटबल साविकको विजेता फ्रान्स विश्वकप छनौट चरणको सुरुवातमा बराबरीमा रोकिएको छ ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए ।

तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेपछि युक्रेन बराबरीको अवस्थामा आएको हो ।

त्यसपछि थप गोल हुन सकेन र फ्रान्स बराबरीमै रोकियो । समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अङ्क बाँडेका छन् ।

विहीबार, १२ चैत्र २०७७, १० : ०१

प्रतिक्रिया