क्लासिकटेकको ठगी : ६० एमबिपिएसको पैसा असुलेर ६ एमबिपिएस ईन्टरनेट, न इन्टरनेट चल्छ न पैसा फिर्ता दिन्छ

३ बर्ष अगाडि

गत मई २०२० मा बिराटनगरकी मिनिषा दासले क्लासिकटेकबाट ६० एमबिपिएस स्पिडको ईन्टरनेटको प्याकेज लिइन् । तर नेट जोडेकैै दिनदेखि उनको घरमा राम्रोसँग इन्टरनेट चलेन । 

उनको अर्को काम पनि थपियो सेवा प्रदायकको कार्यालयमा फोन गर्ने र गुनासो गर्ने । दैनिक पाँच सात पटककै दरले उनले गुनासो टिपाउन फोन गर्न थालिन् । शुरु शुरुमा केही सुझावहरुपनि आए । तर पछि नेटको अपिसबाट नयाँ राउटर राख्नुपर्ने, क्षमता बढाउनुपर्ने लगायतका विभिन्न कुराहरु गर्न थाले । 

‘शुरु शुरुमा मैले ईन्टरनेट नचलेको विषयमा फोनमा कम्प्लेन गरेपछि उनीहरुले कल गर्थे । हामी जम्मा २ जना मात्रै प्रयोगकर्ता थियौँ त्यसैले कुरा घुमाएर यो चेक गर्नु र त्यो चेक गर्नु भन्थे । तर जब लक डाउन शुरु भयो, एउटा डिभाइसमा पनि राम्रोसँग चलेन,’ मिनिषाले भनिन्, ‘चार महिनासम्म पनि नेट नचलेपछि मैले त्यहाँ कम्प्लेन गर्दा टेक्निसियनले ६० एमबिपिएसको नेटका लागि यो राउटरले धान्दैन अर्को राउटर किन्नुपर्छ भने । त्यसपछि मैले क्लासिक टेक नचलाउने निधो गरेँ ।’

उनले आफूले नेट नचलाउने भएकोले पैसा फिर्ता मागिन् । तर कम्पनीले अहिलेसम्म नेट पनि नचलाएको र पैसा पनि फिर्ता नदिएको उनको गुनासो छ । ‘मैले नेट नचलाउने निधो गरेकै दिन मलाई मेरो पैसा फिर्ता दिनुस् भने ँतर अहिलेसम्म मैले पैसा फिर्ता पाएको छैन’, उनले भनिन् । 

उनका अनुसार क्लासिक टेकले  ६० एमबिपिएसको ईन्टरनेटको पैसा असुलेर ६ एमबिपिएस स्पिडको ईन्टरनेट दिइरहेको छ । आफूले ३० एमविपिएसको मात्रै पैसा लिएर बाँकी पैसा फिर्ता गर्न भनेपनि हालसम्म कम्पनिले फिर्ता नगरेको उनले बताइन् । कम्पनिमा कम्प्लेन गर्दा कम्प्लेन टिकट बनाउने तर समाधान बिनानै क्लोज गर्ने गरेको उनको गुनासो छ ।

उनले आफूपनि ठगिएको भन्दै स्ट्याटस लेखेर क्लासिकटेकको ठगीधन्दा बिरुद्धको समाचार सेयर गरेपछि  कम्पनीले उनलाईृ पोस्ट डिलिट गर्न दवाव दिएको छ । समाचार सेयर गरेपछि उनीहरुले राउटर फिक्स भने गरिदिएका छन् । ‘समाचार डिलिट गर्न दवाव आएको आयै छ, मैले डिलिट गरेकी छैन’, उनले भनिन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया