नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डको घरेलु टि–२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आगामी जुन ९ देखि १८ सेप्टेम्बर सम्म हुने क्रिकेट प्रतियोगितामा सन्दीपले वोर्सेस्टरशायर र्यापिड्स बाट खेल्ने भएका हुन् ।
वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबका अनुसार इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा सन्दीपले वोर्सेस्टरशायर र्यापिड्स बाट खेल्ने छन् ।
यस अघि सन्दीप आबद्ध इङ्ल्यान्डमै हुने भनिएको “द हन्ड्रेड'' प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेन । सन्दीपलाई गत वर्ष ओभल इन्भिन्सिबल्सले १ करोड ५० लाखमा अनुबन्धित गरेको थियो । स्थगित भएको द हन्ड्रेड यही वर्ष हुने छ ।
प्रतिक्रिया