एजेन्सी - फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक/एक गोल गरेका हुन् ।
जितसँगै समूह ’जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
प्रतिक्रिया