शुक्रबार सुनकाे मुल्यमा गिरावट, कतिमा हुदैंछ कारोबार  ?

शुक्रबार, १३ चैत्र २०७७, ११ : १४

काठमाडौें- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ । हिजो प्रतितोला ८६ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८६ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य आज ८५ हजार ८५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने यथावत रही प्रतितोला १२ सय ३० रुपैंंयामा कारोबार हुने महासंघले जनाएको छ ।

शुक्रबार, १३ चैत्र २०७७, ११ : १४

प्रतिक्रिया