वर्षकै उत्कृष्ट स्मार्टफोन 'आइफोन–१२ प्रो म्याक्स'

३ बर्ष अगाडि

काठमाडौं- 'आइफोन–१२ प्रो म्याक्स' २०२१ को उत्कृष्ट स्मार्टफोनमध्ये पहिलो सूचीमा परेको छ। एप्पलले गत वर्ष सार्वजनिक गरेको आइफोन–१२ प्रो म्याक्स वर्षकै त्कृष्ट स्मार्टफोन बनेको हो ।

कन्ज्यूमर रिपोर्टले निकालेको सूचीअनुसार आइफोन–१२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट हुनुको साथै शीर्ष मूल्यांकन गरिएको आइफोन मोडल हो। 

यो हालसम्मकै ठूलो आइफोन हो र यसको ब्याट्री पावर लामो समयसम्म टिक्छ। यो मोडलले सबैभन्दा उच्च रिजोलुसन दिने रिर्पोटको भनाइ छ। 

कन्ज्यूमर रिपोर्टको सर्वश्रेष्ठ स्मार्टफोनको सूचीमा वानप्लस नोर्ड एन–१० फाइभ–जी र सामसङ ग्यालेक्सी नोट–२० फाइभ–जी पनि परेको छ। 

कन्ज्यूमर रिर्पोटले सर्वश्रेष्ठ स्मार्टफोनको सूची प्रयोगकर्ताका विभिन्न समीक्षा र रेटिंगको आधारमा निकाल्ने गर्छ।

३ बर्ष अगाडि

प्रतिक्रिया