टेलिकमको ४० रुपैयाँ लाभांश सोमबारबाट सेयरधनीको हितग्राही खातामा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले वितरण गरेको लाभांश सोमबारबाट सेयरधनीको हितग्राही खातामा जम्मा गर्ने भएको छ । 

कम्पनीले आफ्‍ना लगानीकर्तालाई प्रति सेयर ४० रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट नगद लाभांश बाँड्न लागेको कम्पनीले जानकारी दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया