अवरुद्ध रहेको सञ्चार सेवा पुनः सञ्चालन

३ बर्ष अगाडि

अप्टिकल फाइबरको तार काटिँदा चारदिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । 

बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमबारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो । अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा  साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए

३ बर्ष अगाडि

प्रतिक्रिया