विश्वकै सबैभन्दा उत्कृष्ट स्मार्टफोनमा आईफोन १२ प्रो म्याक्स

३ बर्ष अगाडि

काठमाडौं - आईफोन १२ प्रो म्याक्स सन् २०२१ को विश्वकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन घोषित भएको छ । उक्त स्मार्टफोन सन् २०२० को अक्टोबर महिनामा सार्वजनिक भएको थियो ।  

सन् २०२० मा सार्वजनिक भएको भएता पनि आईफोन १२ प्रो म्याक्स २०२१ मा उपलब्ध स्मार्टफोनमध्ये उत्कृष्ट स्मार्टफोन घोषित भएको हो ।

कन्ज्युमर रिपोर्टले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार फोनहरुको सूचीमा आईफोन १२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट आईफोन रहेको छ । 

आईफोन १२ सिरिज अन्तर्गतको यो फोनमा ६।७ इन्चको डिस्प्ले रहेको छ । भने, फोनमा ए १४ बायोनिक चिपसेट, ओएलइडी डिस्प्ले, अपग्रेड क्यामेरा, फाइभजी नेटवर्कका साथै लामो समयसम्म टिक्ने ब्याट्री फिचर भएको यो फोन उत्कृष्ट घोषणा भएको हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया