सिडीएससीले थप्यो मेरो सेयरमा २ सर्भर

३ बर्ष अगाडि

काठमाडौं - सिडीएससीले मेरो सेयरमा सर्भर थप गरेको छ । सिडीएसले मंगलबार राति २ वटा सर्भर थपेर डाटा माइग्रेसनको काम गरेको हो । 

मेरो सेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गरेको सिडीएसले जनाएको छ । 

यो अल्पकालीन समाधान रहेको र दिर्घकालिन समस्या समाधानको छुट्टै व्यवस्था हुने सिडीएसले जनाएको छ ।

सिडीएसका अनुसार अब सिस्टममा  पहिलेको जस्तो समस्या आउने छैन । केहि ट्युनिङको काम अझै बाँकि रहेकोले छोटो समयको लागि केहि सामान्य समस्या देखिन सक्ने भएपनि सेवा नै प्रभावित हुने खालको समस्या नआउने सिडीएसले जनाएको छ ।  

प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले मंगलबार बेलुकी सेवा अवरुद्द हुने भएको थियो  । 

३ बर्ष अगाडि

प्रतिक्रिया