शक्तिशाली ब्याट्री क्षमताका नेपाली बजारमा सार्वजनिक हुदैं ग्यालेक्सी एम६२ ,मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं, शक्तिशाली ब्याट्री क्षमताका साथमा सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम६२  आउँदो हप्ता नेपाली बजारमा उपलब्ध हुने भएको छ । 

कम्पनी स्रोतले जानकारी अनुसार  सामसङ एक्सिनस ९ अक्टा ९८२५ चिपसेटद्धारा सञ्चालित यो फोनमा शक्तिशाली ७००० एमएएच ब्याट्री रहेको छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेको छ ।. एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ । 

फोनको पछाडि क्वाड क्यामेरा सेटअप रहेको छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलको छ । त्यस्तै ३२ मेगापिक्सेलको सेल्फी शुटर रहेको छ ।

यो फोनको इन्टर्नल स्टोरेज १२८ जीबी रहेको छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । यो फोन ६ जीबी र्‍याम र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।

मूल्यको कुरा गर्दा स्पष्ट रूपमा केही खुलाइएको छैन । तर ३७ देखि ४२ हजार रूपैयाँको बीचमा नेपाली बजारमा भित्रिन सक्ने अनुमान गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया