आइसिसीका खेलमा नँया नियम !

शुक्रबार, २० चैत्र २०७७, १४ : २१

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसीले)आफ्ना प्रतियोगितामा भाग लिने टोलीमा सदस्यको  संख्या बढाएको  छ । 

कोरोनाका कारण खेलाडीहरु उपलब्ध हुने–नहुने निश्चित नभएकाले आइसिसीले टोलीमा  २२ जना खेलाडी राख्न पाउने व्यबस्था गरेको हो।

गत वर्ष आइसिसीले आफ्ना सिनियरस्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा हरेक टोलीमा  १५ खेलाडी र ८ जना अफिसियलसहित २३ जनालाई  समावेश गर्ने  निर्णय गरेको थियो भने  जुनियरस्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा  २० जना खेलाडी राखेको थियो।

अब यसै वर्ष आयोजना हुने टी–२० विश्वकप र आगामी वर्ष आयोजना हुने एकदिवशीय महिला विश्वकपमा टोलीहरुले आफ्नो टोलीमा २२ जनासम्म खेलाडी समावेश गर्न सक्नेछन्। 

खेलाडीको बदलामा अफिसियल पनि राख्ने सकिने आइसिसीले निर्णय गरेको छ।

शुक्रबार, २० चैत्र २०७७, १४ : २१

प्रतिक्रिया