एजेन्सी - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले रिसले फालेको आर्म ब्यान्ड ७५ हजार डलरमा बिक्री भएको छ ।
गत साता २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनोट खेलमा रोनाल्डोले रिसले उक्त आर्म ब्यान्ड फालेका थिए ।
सो छनोट खेलमा सर्बिया र पोर्चुगलबीच २–२ को बराबरी भएको थियो । खेल सकिनलाग्दा पोर्चुगी खेलाडी रोनाल्डोले नीलो रंगको आर्म ब्यान्ड टर्च लाइनमा फालेका हुन्।
कप्तानी गरेको जनाउने आर्म ब्यान्ड टर्च लाइनमा फाल्दा रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल जगत्मा यसको आलोचना भएको थियो । यद्यपि यस सम्बन्धमा फिफाले केही पनि प्रतिक्रिया दिएको छैन ।
प्रतिस्पर्धाको इन्जुरी समयमा रोनाल्डोद्वारा प्रहारित गोललाई अफिसियलले मान्यता दिएन । उनले प्रहार गरेको बल गोललाइन क्रस भइसकेको थियो । बल गोललाइनभित्र पार हेर्दै रोनाल्डोले जितको खुसी मनाइसकेका थिए ।
रोनाल्डो अर्कोतिर खुसी मनाउन दौडिँदा सर्वियाका गोलरक्षक रक्षकले बल क्रसलाइनबाट क्लियर गरे । रेफ्रीले सर्बियाली गोलरक्षकै पक्षमा निर्णय सुनाए । गोलको मान्यता नदिएपछि रोनाल्डोले रिसाउँदै आर्म ब्यान्ड टर्च लाइननजिकै फालेका हुन् । त्यो आर्म ब्यान्ड एक फायर फाइटरले टिपे ।
उनले तत्कालै नीलो रंगको आर्म बान्ड एक च्यारिटी समूहलाई दिएको बताएका छन् । फाएर फाइटर जोर्डिजे भ्युकिएभिकले रोनाल्डो चिन्तित हुँदै आर्म ब्यान्ड टर्च लाइनमा फालेको प्रतिक्रिया दिएका छन् ।
यसबाट उठेको रकम ६ महिना बच्चाको उपचार निमित्त खर्च हुने जनाइएको छ । ती बालकको मेरुदण्डको अवस्था खराब छ । ती बच्चाको उपचार निमित्त दुई लाख पाउन्ड आवश्यकता पर्छ । ती बालककी आमा नेभेनाले अहिलेसम्म एक लाख पाउन्ड संकलन भएको जानकारी दिएकी छिन् ।
प्रतिक्रिया