नियम उल्लंघनको आरोपमा युभेन्टसका तीन खेलाडीलाई कारवाही

शनिबार, २१ चैत्र २०७७, ०९ : २४

एजेन्सी - इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रेया पिर्लोले नियम उल्लंघन गरेको भन्दै तीन खेलाडीलाई कारवाही गरेको छ । 

उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेका तीन खेलाडीलाई टिम बाहिर राखेका हुन् ।

शनिबार राति सिरी ए अन्तर्गत हुने तोरिनोसँगको खेलका लागि टिममा वेस्टन म्याकिनी, पाउलो डिबाला र अर्थर हुने छैनन् ।

अमेरिकी मिडफिल्डर म्याकिनीले गएको बुधबार डिनर पार्टी गरेर कोरोना भाइरस नियन्त्रणका लागि लागु नियम उल्लंघन गरेकाले क्लबले उनीहरुलाई कारवाही गरेको हो ।

सो पार्टीमा रहेका १० आमन्त्रित मध्ये अर्जेन्टिनी स्ट्राइकर डिबाला र ब्राजिलियन मिडफिल्डर अर्थर पनि थिए ।

शनिबार, २१ चैत्र २०७७, ०९ : २४

प्रतिक्रिया