एक करोड ३७ लाख पर्ने रोलेबल टिभी बजारमा !

३ बर्ष अगाडि

 दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो पहिलो रोलेबल टिभी बिक्री सुरु गरेको छ । यो टिभी लाई  हाई इन्ड सेगमेन्टमा कम्पनीले ल्याएको हो । 

 ६५ इन्चको रोलेबल टिभी गत बिहीबारदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू भएको हो । यो टिभि सुरुवातमा अमेरिका, रसिया, जापान, फ्रान्स लगायत १५ देशमा बिक्रि भएको छ ।

रोलेबल टिभी ६५ इन्चको  ओलइडि डिस्प्ले सहित उपलब्ध छ । यो एउटा बक्सबाट निस्किने गर्दछ । साथै यसलाई प्रयोग गरिसकेपछि फेरि बक्समा रोल गर्न सकिन्छ ।

यस रोलिङ टिभीलाई तीन फरक मोडहरूमा प्रयोग गर्न सकिन्छ, जसमा तीन प्रकारका डिस्प्ले साइजहरू उपलब्ध छन् । कम्पनीले विशेष प्रविधिको प्रयोग गरेर टिभीको डिजाइन गरेको उल्लेख गरेको छ ।

 टिभी हाल दक्षिण कोरियामा १०० मिलियन ओन (एक करोड ३७ लाख) रुपैयाँमा बिक्री भइरहेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया