एजेन्सी - सन् २०१८ का विश्वकप विजेता फ्रान्स तथा पीएसजीका स्टार केलिएन एमबाप्पेले आफू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट खेलाडी सोच्ने बताएका छन् ।
मैदान छिर्न अगाडि उनले जहिल्यै पनि मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट फुटबर रहेको सोच्ने बताएका हुन् ।
मानिसहरुले यो मनोभावलाई घमण्ड भनेता पनि आफूले आफैंलाई सबैभन्दा उत्कृष्ट फुटबलर भएको सोच राख्दा जस्तोसुकै चुनौतीको सामना गर्न आफूलाई मद्दत पुग्ने गरेको उनको भनाइ छ ।
उनले आरएमसी स्पोर्ट्ससँगको कुराकानीमा भनेका छन्, हरेक समय जब म मैदान प्रवेश गर्छु म आफैंलाई भन्छु– म मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट छु । यो मनोभाव चाहिन्छ जुन चुनौती सामना गर्न महत्वपूर्ण छ ।’
साथै मेस्सी र रोनाल्डोले आफू भन्दा अरबौं पटक फुटबलमा उपलब्धी हासिल गरेको र उनीहरु मभन्दा धेरै उत्कृष्ट भएको पनि बताएका छन् ।
उनले थपे, मैले मेस्सी र रोनाल्डोविरुद्ध एकै मैदानमा खेलेको पनि छु तर हरेकपटक मैदान प्रवेश गर्दा मेरो दिमागमा म नै उत्कृष्ट खेलाडी हुँ’
प्रतिक्रिया