दिल्ली क्यापिटल्सका अलराउण्डर खेलाडी अक्षर पटेललाई कोरोना संक्रमण भएको छ।
पटेललाई कोरोना संक्रमण भएको दिल्ली क्यापिटल्सले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत पुष्टि गरेको हो।
दिल्ली क्यापिटल्सल कोरोना पुष्टि भएसँगै उनलाई आईपीएलको प्रोटोकल अनुसार आइसोलेसनमा राखिएको जानकारी गराएको छ।
आईपीएल सुरु हुन ६ दिनमात्र बाँकी रहँदा पटेललाई संक्रमण पुष्टि भएको छ ।
यसअघि कोलकात्ता नाईट राइडर्सका नितिश राणालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो। उनी गत मार्च २२ मा संक्रमित भएका थिए। उनी हाल कोरोनामुक्त भइसकेका छन्।
१४ औँ संस्करणको आईपीएल अप्रिल ९ देखि सुरु हुँदैछ।
प्रतिक्रिया