म्यानचेष्टर सिटी र लिभरपुलको शानदार जित

आइतबार, २२ चैत्र २०७७, १२ : ४५

प्रिमियर लिग अन्तरगर्त हिजो भएको खेलमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटीले लेस्टर सिटीलाई २–० ले पराजित गर्दे जित हासील गरेको हो। यस्तै लिभरपुलले आर्सनललाई उसैको मैदानमा ३–० ले पराजित गरेको छ ।
 

म्यानचेस्टर सिटीको जितमा बेन्जामिन मेन्डी र गाब्रियल जिससले एक एक गोल गरेका थिए ।

त्यस्तै लिभरपुलले आर्सनलमाथि ३(० को जित हासिल गर्दा पोर्चुगीच खेलाडी डिओगो जोटाले २ गोल गरेका थिए । यो जोटाको प्रिमियर लिगमा यस सिजनमा अठौ गोल हो । त्यस्तै लिभरपुलका लागि एक गोल मोहमद सलाहले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी लिगको शिर्ष स्थानमा कायम रहेको छ । सिटीको ३१ खेलमा ७४ अंक रहेको छ । त्यस्तै लेस्टर सिटि ३० खेलमा ५६ अंकसहित तेस्रो स्थानमा छ ।

त्यसैगरि लिभरपुलको ३० खेलमा ४९ अंक भएको छ र लिगमा पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनल भने ३० खेलमा ४२ अंकसहित लिगको नवौ स्थानमा रहेको छ ।   
 

आइतबार, २२ चैत्र २०७७, १२ : ४५

प्रतिक्रिया