आइपिएल सुरु हुन ५ दिन बाँकी रहँदा 'आरसीबी'का अर्का खेलाडीलाई पनि कोरोना संक्रमण !

आइतबार, २२ चैत्र २०७७, १३ : ३१

इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन केहि दिन मात्र बाँकी रहदा भटाभट खेलाडी हरुमा कोरोना संक्रमण भएको छ । 
हिजो मात्र दिल्ली क्यापिटल्सका अलराउण्डर खेलाडी अक्षर पटेललाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

 यस्तै आज फ्रेन्चाईज टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का ब्याट्सम्यान देवदत्त पाडिकल कोरोना संक्रमित भएका छन्। संक्रमण पुष्टि भएपछी  पाडिकललाई आरसीबीले टिमबाट अलग क्वारेन्टिनमा राखेको छ। 

आईपीएलमा यसअघि कोलकत्ताका नितिश राणा कोरोना पोजेटिभ पाईएको थियो। 

अप्रिल ९ देखि सुरु हुने आईपीएलको उद्घाटन खेलमा आरसीबीले मुम्बई इंन्डियन्सविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

आइतबार, २२ चैत्र २०७७, १३ : ३१

प्रतिक्रिया