१ सय ६ देशका ५३ करोड ३३ लाख फेसबुक प्रयोगकर्ताको फोन नम्बर लगायतका व्यक्तिगत डाटा लिक

३ बर्ष अगाडि

काठमाडौं- विश्वका १०६ देशहरुका ५३ करोड ३३ लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिक भएको छ । करोडौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डाटा अनलाइनमार्फत लिक भएको हो । एक ह्याकिङ फोरममार्फत फेसबुक प्रयोगकर्ताको फोन नम्बर, पूरा नाम, ठेगाना तथा इमेल आइडीसमेत लिक भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ह्याकिङ फोरमका एक प्रयोगकर्ताले शनिबार करोडौं फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण निःशूल्क सार्वजनिक गरेका थिए । लिक भएको डाटामा  समावेश रहेको छ ।

जसमध्ये ३ करोड २० लाख भन्दा बढी अमेरिकी, १ करोड १० लाख बेलायती र ६० लाख भारतीयको व्यक्तिगत विवरण बाहिरिएको हो । 

सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताहरुले फेसबुक प्रयोगकर्ताको उक्त तथ्यांक ठगी कार्यमा प्रयोग हुन सक्ने चेतावनी दिए का छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया