इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा शत प्रतिशतसम्म छात्रवृति

३ बर्ष अगाडि

काठमाडौं। इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शत प्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।

बैशाख अन्त्यसम्ममा इ–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना ग्राहकले एक महिनाका लागि ५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु यस योजनामा शैक्षिक शुल्क भुक्तानी गर्ने ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
 
इसेवाको प्रत्यक्ष खाता खोल्नेको संख्या ४२ लाख रअप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन भने देशभरमा करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट रहेको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया