एजेन्सी - ला लिगाअन्तर्गत आइतबार राति भएको कार्डिज र भ्यालेन्सियाबीचको खेलमा कार्डिजका खेलाडीले रंगभेदी दुव्र्यवहार गरेपछि भ्यालेन्सियाका खेलाडीले फुटबल पिच छोडेका छन् ।
कार्डिजका जुवन कालासँग पहिलो हाफको झगडापछि भ्यालेन्सियाका मोक्टर दियकबीले रेफ्री डेबिड जिमिनेजसँग उग्र रूपमा विवाद गरेका थिए ।
त्यसपछि भ्यालेन्सियाका खेलाडीले आफूविरुद्ध जातीय र रंगभेदी टिप्पणी गरेको भन्दै मैदान छोडेका हुन् ।
विवाद साम्य भएर खेल पूरा गर्न मैदान प्रवेश गरेको भ्यालेन्सियाले घरेलु टिम कार्डिजसँग २–१ गोलको हार बेहोरेको थियो ।
पहिलो हाफको १४ औं मिनेटमा कालाले र १९ औं मिनेटमा भ्यालेन्सियाका केभिन जमेइरोले गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।
तर, निर्धारित समयको दुई मिनेट अघि कार्डिजका मार्को लोपेजले गोल गर्दै जित आफ्नो हातमा पारे । यो जितसँगै कार्डिज १२ औं स्थानमा छ भने हारका बाबजुद भ्यालेन्सिया १२ औं स्थानमा छ ।
प्रतिक्रिया