५५.६९ प्रतिशत मत ल्याउदै किरण बने एसियाकै उत्कृष्ट खेलाडी, उनी उपाधि जित्ने पहिलो नेपाली

सोमबार, २३ चैत्र २०७७, ०९ : ४४

काठमाडौं - नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् ।

‘एएफसी प्लेयर अफ दि विक’ को उपाधि हात पार्दै उनी साताको उत्कृष्ट खेलाडी बनेका हुन् ।  किरण यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी पनि हुन् । 

नेपालले घरेलु भूमिमा ३७ वर्षपछि उपाधि जित्दा नायक बनेका उनले ५५.६९ प्रतिशत मत ल्याउदै ‘एएफसी प्लेयर अफ दि विक’ बन्न सफल भएका हुन् । 

दोस्रो स्थानमा साउदी अरेबियाका सलेह अल–सेहेरी रहेका छन् । उनको कुल २०.७२ प्रतिशत र तेस्रो स्थानका ईराकका अल अली महवइ रहेका छन् । उनले १०.१६ प्रतिशत मत पाएका छन् ।

सोमबार, २३ चैत्र २०७७, ०९ : ४४

प्रतिक्रिया