काठमाडौं- घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोना उपाधि होड बलियो बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । डेम्बेलेको एकमात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको छ ।
७९औं मिनेटमा ओस्कार प्लानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो ।
जितपछि २९ खेलबाट ६५ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडलाई २ अंकले पछि पारेको बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी १ मा झारेको छ ।
प्रतिक्रिया