आज थ्री स्टार र नेपाल पुलिस भिड्दै

मंगलबार, २४ चैत्र २०७७, ११ : ३३

१९ औ संस्करण आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै  छन् ।

थ्री स्टार र पुलिसबीचको खेल पोखरा रंगशालामा आज दिउँसो ३ः०० बजे शुरु हुनेछ । आज दुई ए डिभिजन क्लब जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ ।

विजेताले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र क्लबलाई हराएर अफ्रिकन सेमिफाइनलमा पुगिसकेको छ ।
 

मंगलबार, २४ चैत्र २०७७, ११ : ३३

प्रतिक्रिया