आहा रारा गोल्डकप: फराकिलो अन्तरमा पुलिसको जित !

मंगलबार, २४ चैत्र २०७७, १८ : ५२

पोखरामा जारी १९औं आहा रारा गोल्डकप फुटबल अनतर्रगर्त आज भएको खेलमा थ्रीस्टार क्लबलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २८ औं मिनेटमा बुद्ध बल तामाङले  गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्यो ।

६७औं मिनेटमा तेजले गरेको गोलसँगै  पुलिस २–० ले अगाडी बढेको थियो  ।

खेलको ७३औँ मिनेटमा सुमन लामाले १ गोल गरे  यस्तै खेलको ८५औं मिनेटमा सौजन राई याख्खाले गोल गर्दै टोलीका लागि ४–० को जित सुनिश्चित गरे ।

जितसँगै  पुलिसले सेमिफाइनलमा अफ्रिकन रूट एसोसिएसनसँग बिहीबार खेल्ने छ ।
 

मंगलबार, २४ चैत्र २०७७, १८ : ५२

प्रतिक्रिया