एएफसी कप : भोली श्रीलंकन पुलिस र त्रिभुवन आर्मी भिड्ने

मंगलबार, २४ चैत्र २०७७, १९ : ३०

एएफसी कप २०२१ शुरुवाती छनोट चरणको पहिलो खेलमा भोली  पाहुना टोली श्रीलंकन पुलिस स्पोर्ट्स र  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बल खेल्दै छन् ।

खेल  दशरथ रंगशालामा हुनेछ 

एसियाली फुटबल महासंघ (एएफसी)ले लासेन्स पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो । यसअघि मनाङ मर्स्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्सकप खेलेको थियो ।

बुधवारको खेलको विजेताले सात दिनपछि अप्रिल १४ मा भारतको आईएसएल टिम बेंगलुरु एफसीसँग गोवामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले पनि अन्तिम समूह चरण पुग्न तेस्रो खेल खेलनु पर्नेछ र त्यसको स्थानबारे निर्णय हुन बाँकी छ । 

दशरथ रंगशालामा हुने खेलमा बढीमा सात हजार दर्शनले प्रवेश पाउनेछन । सर्वसाधारणतर्फको टिकटको मूल्य ३ सय र भीआईपीतर्फको टिकटको मूल्य ५ सय रुपैंया राखिएको छ ।

मंगलबार, २४ चैत्र २०७७, १९ : ३०

प्रतिक्रिया