लिभरपुललाई ३–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा सहज बनाउदैँ रियल मड्रिड

बुधबार, २५ चैत्र २०७७, ०८ : ४१

काठमाडौं- च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत भएको पहिलो लगेको खेलमा रियल मड्रिडले इङ्लिस क्लब लिभरपुलविरुद्ध प्रभावशाली जित हात पारेको छ । रियल मड्रिडले लिभरपुललाई  ३–१ ले हराउँदै सेमिफाइनलको यात्रालाई सहज बनाएको छ । 

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडको जितका लागि विनिसिअस जुनिअरले २  र एसेन्सिओले १ गोल गरेका थिए । लिभरपुलका लागि मोहम्मद सालहले एक गोल गरेका हुन् ।

जुनिअरले खेलको २७औँ र ६५ औ मिनेटमा गोल गरेका हुन् । एसेन्सिओले ३६औँ मिनेटमा गोल गरे । लिभरपुलका लागि सालहले ५१ औँ मिनेटमा एक गोल फर्काए ।

दोस्रो लेगो खेल १५ अप्रिलमा लिभरपुलको मैदानमा हुनेछ । 
 

बुधबार, २५ चैत्र २०७७, ०८ : ४१

प्रतिक्रिया