आहा रारा गोल्ड कप : सङ्कटा क्लब फाइनलमा प्रवेश

३ बर्ष अगाडि

सङ्कटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ  । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै 

पोखरा रङ्गशालामा आज भएको खेलमा सङ्कटाले एपीएफलाई २–० गोल अन्तरले हराउँदै  फाइनल प्रवेश गरेको हो ।

 सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान १÷१ गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार  हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ । 

 विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया