प्रथम रत्नकुमार बान्तवा स्मृति अन्तर मा.वि. फुटसल प्रतियोगीता शुरु

२ बर्ष अगाडि

 शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि.फुटसल प्रतियोगिता–२०७७ शुरु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीको आयोजनामा प्रथम रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि.फुटसल प्रतियोगिता आजदेखि इलाममा संञ्चालन भएको हो । 

प्रतियोगिता अन्तर्गत पहिलो दिन चार वटा खेलहरु भएका छन् । पहिलो खेलमा समता शिक्षा निकेतनले मण्टेश्वरी बोर्डिङ्ग स्कूललाई १०–३ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा आदर्श मा.वि.(निलो) ले हरिटेज नेशनल एकेडेमी (रातो) लाई  १५–२ गोलले पराजित गर्यो  । 

यस्तै आजै भएको तेस्रो खेलमा इलाम  मा.वि. (निलो) ले अमर मा.वि.८–२ गोल अन्तरले पराजित गर्याे ।  यसैगरी अन्तिम तथा चौथो खेलमा जुविल्याण्ड इलाइट एकेडेमीले सगरमाथा बोर्डिङ्ग स्कूललाई १९–१ गोल अन्तरले पराजित गरेको थियो । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम नगरपालिकाभित्रका १२ वटा टिमहरुको सहभागिता रहेको अनेरास्ववियु इलाम नगर कमिटी संयोजक प्रतिमा रिजालले बताइन्। प्रतियोगिताको फाइनल खेल चैत्र २७ गते दिनको १ः०० बजे संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गको प्रमुख आतिथ्यतामा हुने छ  । 

रत्नकुमार वान्तवाको ४३औं स्मृति दिवस तथा ७०औं जन्मजयन्तीको सन्दर्भमा आयोजित फुटसल प्रतियोगिताको आज नेकपा (एमाले) इलाम जिल्ला कमिटी सचिव एवं इलाम नगरपालिका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका थिए । 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक अनेरास्ववियु इलाम नगर कमिटीका सहसंयोजक डुर्वस थापाले बताए । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडि र उच्च गोलकर्तालाई जनही नगद पाँच हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ  । 

२ बर्ष अगाडि

प्रतिक्रिया