एएफसी कप: फराकिलो अन्तरमा आर्मीको जित !

३ बर्ष अगाडि

एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मीले जित हात पारेको छ । 
 दशरथ रंगशालामा भएको खेलमा आर्मीले क्लबले  श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । 

आर्मीका लागी सन्तोष तामाङ, नवयुग श्रेष्ठ, टंक बस्नेत, सुदिल राईले समान एक–एक गोल गरे ।  

आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ।

दोस्रो चरणमा  जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ। प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया