नेपालमा हुने त्रिकोणात्मक टी–२०को खेल तालिका सार्वजनिक !

विहीबार, २६ चैत्र २०७७, ११ : ५२

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपालले पहिलो खेल् नेदरल्याण्ड्ससँग बैशाख ४ गते खेल्ने भएको छ ।

खेल टियु क्रिकेट मैदानमा दिउँसो २ः १५ बजे बाट शुरु हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल मलेसियासँग बैशाख ६ गते खेल्ने छ  भने तेस्रो खेल नेदरल्याण्ड्ससँग बैशाख ७ गते हुनेछ ।

 नेपालले अन्तिम लिग अन्तरगर्त  बैशाख ९ गते मलेसियासँग खेल्ने छ भने  फाइनल खेल बैशाख ११ गते हुनेछ ।

विहीबार, २६ चैत्र २०७७, ११ : ५२

प्रतिक्रिया