अन्तराष्ट्रिय फुटवल महासंघ फिफाले पाकिस्तानलाई निलम्बन गरेको छ । फिफाले सदस्यता निलम्बित गर्दै पाकिस्तान फुटबल महासंघको मुख्यालय खाली गर्न आदेश दिएको हो ।
गत हप्ता पाकिस्तान फुटबल महासंघको लाहौर कार्यालयबाट वैधानिक चुनाव भएको दाबी गरेको समूहले फिफाबाट नियुक्त पदाधिकारीहरुलाई निकालेपछि अर्को सूचना नभएसम्म निलम्बित गरिएको जानकारी दिएको हो।
सन २०१९ देखि फिफाले नियुक्ति गरेका पदाधिकारीहरुले पाकिस्तानमा फुटबल महासंघ संचालन गरिरहेका थिए। फिफाले निलम्बन फिर्ता नलिएसम्म पाकिस्तान फुटबल महासंघ (पीएफएफ)का प्रतिनिधि र क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन पाउने छैनन।
पाकिस्तान सरकारको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ दुई पटक निलम्बनमा परिसकेको छ।
प्रतिक्रिया