६ पटकको च्याम्पियन पुलिस अफ्रिकन रुट संग पराजित

विहीबार, २६ चैत्र २०७७, १८ : ४६

अफ्रिकन रुट एसोसियसन १९ औंको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस लाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट फाइनलमा पुगेको हो।

अफ्रिकन लागी  बासेक र मौसाले एक एक गोल गरे। खेलको म्यान अफ दि म्याच मौसा चुनिए। पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो। सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ । अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ। 

संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ । 

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

विहीबार, २६ चैत्र २०७७, १८ : ४६

प्रतिक्रिया