जुविल्याण्ट इलाइट एकेडेमी र ग्रीनहिल बोर्डिङ्ग स्कूल प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल–२०७७ को फाइनलमा प्रवेश गरेका छन् ।
शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनलमा ग्रीनहिल बोर्डिङ्ग स्कूलले समता शिक्षा निकेतनलाई प्रतिस्पर्धात्मक खेलमा ६–३ गोल अन्तरले पराजित गर्यो । यसैगरी दोस्रो सेमीफाइनल खेलमा जुविल्याण्ट इलाइट एकेडेमीले इलाम मा.वि. (निलो) लाई प्रतिस्पर्धात्मक खेलमा ८–५ गोल अन्तरले पराजित गर्यो ।
आजै सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा समताले इलाम मा.वि. (रातो) लाई ६–३ गोल अन्तर र दोस्रो क्वाटरफाइनलमा ग्रीनहिलले आदर्श (निलो) लाई ६–४ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी इलाम मा.वि.(निलो) ले हेरिटेज (निलो) लाई ९–६ गोल अन्तर र जुविल्याण्टले आदर्श (रातो)लाई खेलमा ६–५ गोल अन्तरले पछि पार्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
हिजोदेखि शुरु भएको प्रतियोगितामा इलाम नगरपालिकाभित्रका ९ वटा विद्यालयका १२ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल चैत्र २७ गते दिनको १ः०० बजे संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गको प्रमुख आतिथ्यतामा हुने छ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडि र उच्च गोलकर्तालाई जनही नगद पाँच हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतिक्रिया