कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका भारतीय पुर्व क्रिकेट सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।
सचिनले २७ मार्चमा आफू संक्रमित भएको जानकारी दिएका थिए । त्यसको ६ दिनपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो ।
सचिनले आफू घर फर्किएको र अझै आइसोलेसनमा रहेर आराम गर्ने बताएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना र प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।
तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका थिए ।
प्रतिक्रिया