५० करोड लिङ्क्डइन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकर वेबसाइटको लिलामीमा

३ बर्ष अगाडि

काठमाडौं- करिब ५० करोड लिङ्क्डइन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकरहरुबीच चर्चित रहेको वेबसाइटमा बिक्रीमा रहेको कम्पनीले पुष्टि गरेको छ ।

प्रयोगकर्ताको यूजर आईडी, नाम, इमेल, फोन नम्बर, लिंग, व्यवसायिक तथ्यांक र अन्य सामाजिक सञ्जालसँगको लिंक चार अंकको रकममा लिलामीमा रहेको समाचारमा बताइएको थियो ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्डइनका अनुसार बिक्रीमा रहेको तथ्यांक विभिन्न बेबसाइट र कम्पनीबाट सङ्कलन गरिएको हो । लिङ्क्डइनबाट प्रयोगकर्ताले ‘पब्लिक’ राखेका तथ्यांकमात्र लिइएको कम्पनीको दाबी छ ।

कम्पनीले लिङ्क्डइनको डेटा चोरी नभएको र लिङ्क्डइनमा प्राइभेट राखिएका कुनै पनि तथ्यांक सार्वजनिक नभएको जानकारी दिएको छ । लिङ्क्डइनमा ६७.५ करोड प्रयोगकर्ता रहेको बताइएको छ । केही दिनअघि मात्र करिब ५० करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक ह्याकरहरुले वेबसाइटमा प्रकाशित गरेको समाचार आएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया